कपिलवस्तु , साउन १७
जिल्लाको कपिलवस्तु नगरपालिकामा अवस्थित गौतम बुद्धको क्रिडा स्थल तिलौराकोट दरबार क्षेत्रको संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले अवलोकन गरेका छन् । मन्त्री श्रेष्ठले सोमबार साझा सो दरबार क्षेत्रको अवलोकन गरेका हुन ।
तिलौराकोट दरबार क्षेत्रको अवलोकन क्रममा त्यहाँ भएको उत्खनन् , संरक्षण एवंम पर्यटन प्रवर्द्धन सम्बन्धी जानकारी लिएका छन् । उनले अवलोकन कै क्रममा तिलौराकोटलाई विश्वसम्पदाको रूपमा सुचिकृत गर्न सरकार लागी परेको बताएका छन् । तिलौराकोट दरबार क्षेत्रको उत्तर तर्फ रहेको राजा शुद्धोधन र रानी मायादेवीको समाधि स्थल (जोडी स्तुप) को समेत अवलोकन गरेका थिए ।
मन्त्री श्रेष्ठ संगै लुम्बिनी विकास कोषका उपाध्यक्ष औधेशा त्रिपाठी , योजना प्रमुख सरोज भट्टराई , पुरातत्त्व अधिकृत हिमाल उप्रेती , कार्यकारीणी सदस्य रामनरेश प्रसाद कोहार , परिषद सदस्य गोपि कृष्ण शर्मा लागायतको उपस्तिथि रहेको थियो ।