स्मार्ट भिलेज आमन्त्रित ७ औं गोल्डकप फुटबल प्रतियोगिता हुने

स्मार्ट भिलेज आमन्त्रित ७ औं गोल्डकप फुटबल प्रतियोगिता हुने

लमजुङ। 

लमजुङको स्मार्ट भिलेज घलेगाउँमा स्मार्ट भिलेज आमन्त्रित ७ औं गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बेसीशहरमा पत्रकार भेटघाटको आयोजना गरी अगामी वैशाख १ गते देखि उक्त प्रतियोगिता हुने जानकारी गराएको हो । ५ वर्षसम्म खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाँउले गतबर्ष देखि आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन गरेको हो ।

प्रतियोगिताका लागि जिल्लाभित्रका चार वटा टिम र जिल्ला बाहिरका आठ वटा फुटबल कलबहरुलाई आमन्त्रण गरिएको छ । उक्त प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने फुटबल खेलाडी समेत सहभागी हुने भएको छ ।

आमन्त्रित स्मार्ट भिलेज गोल्ड कप फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद पाँच लाख ५० हजार पाँच सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पुरस्कार प्रदान गरीने छ भने द्वितीय हुनेलाई नगद तिन लाख ५० हजार तिन सय ५५ रुपैयाँ, कप र मेडल प्रदान गरीने आयोजक समितिका संयोजक गंगाबहादुर घलेले बताए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०-१० हजार रुपैयाँ मेडल प्रदान गरिने छ । प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याच ट्रफी प्रदान गरिने छ ।

उक्त प्रतियोगिताका लागि ३१ लाख ८० हजार नौ सय १० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । घले गाउँमा आयोजना हुने आमन्त्रित फुटबल प्रतियोगितामा जिल्ला बाहिरका  भुइँखेल फुटबल क्लब काठमाडौं, अभिशेष चर्च रजहर नवलपुर, सुर्यतारा क्लब पोखरा, नेपाल युनाइटेड तनहुँ, पिप्ले युवा क्लब हेटौडा, गोरखा ब्वयज बुटवल क्लब, (रड्स) रामपुर चितवन, देवदह नगरपालिका रुपन्देही र भरतपुर फुटबल क्लब चितवनलाई आमन्त्रि गरीएको छ ।

त्यसैगरी, लमजुङका लालीगुराँस युवा क्लब भुजुङ, त्रिवेणी युवा क्लब बेसीशहर, बुद्ध युथ क्लव भोटेओडार र बेसीशहर युथ सोसाइटी शेरा रहेका छन् । नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा हुने प्रतियोगितामा आमन्त्रण गरिएका खेलाडीलाई खाना र वासको निःशुल्क व्यवस्थापन गरिएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *