युगल स्वरमा वाचा

युगल स्वरमा वाचा

काठमाडौं ।

संगीतकर्मी अजित घिसिङ तामाङले हालै युगल गीत वाचा सार्वजनिक गरेका छन्।

गायक, गीतकार, संगीतकार, संगीत संयोजक तथा म्युजिक भिडियो निर्देशकको रूपमा स्थापित घिसिङको केही दिनअघि सार्वजनिक भएको गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जितेको छ।

गीतमा घिसिङकै शब्द, संगीत र संगीत संयोजन रहेको छ। रोमान्टिक मेलोडी शैलीको गीत खासगरी युवापुस्ताका लागि तयार पारिएको हो ।

गीतको भिडियो निर्देशक विभोर पोखरेलले तयार पारेका छन्। विशाल थापाको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको भिडियोमा विजय कार्की र अनिमा विश्वकर्माले अभिनय गरेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *