आयरल्यान्डसँग नेपाल ‘ए’ टिमकाे लज्जास्पद हार

आयरल्यान्डसँग नेपाल ‘ए’ टिमकाे लज्जास्पद हार

काठमाडौं ।

नेपाल ‘ए’ टिमले आयरल्यान्ड ‘ए’ सँग लज्जास्पद हार ब्यहोरेको छ। शुक्रबार सम्पन्न दोस्रो एकदिवसीय खेलमा नेपाल ११४ रनले पराजित भएको हो।

नेपालको यो हारसँगै आयरल्यान्डले सिरिज एक खेल अगाडि नै जितेको छ। नेपालको हारमा नेपाली ब्याटरहरुको खराब प्रदर्शन रह्यो।

१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो। नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए। विनोद भण्डारी १९बलमा २ चौकासहित १६ रनमा आउट भए।

नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६.६ रनमा आउट भएका थिए। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भएको थियो।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *