
कपिलवस्तु , असोज ११
जिल्लाको मायादेवी गाउँपालिकाको पकडिमा नेकपा एमालेले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । लोकतान्त्रिक समाजबादि पार्टीका केन्द्रिय सदस्य देखि जिल्ला अध्यक्ष लगायत सयौं कार्यकर्ताले नेकपा एमालेमा प्रवेश गरेका छन् ।
लोसपाका केन्द्रीय सदस्य मधुसुधन चौधरीले पार्टी प्रवेश गर्दै आफु जनताको चौकीदार हुनका लागि उम्मेदवार हुने बताएका छन् । एउटा सफल जनप्रतिनिधी जनताको सेवा गर्न , दुखमा साथ दिन सक्नु पर्ने समेत चौधरीले बताए ।

एमालेले मधेसमा काम गरे पनि गठवन्धनले गलत प्रचार गरेको चौधरीले दाबी गर्दै हुलाकी राजमार्ग, तौलिहवा बजारको सडक विस्तार गर्ने काम, गाउँपालिका र नगरपालिका भित्र अस्पताल बनाउने योजना एमालेले गरेको बताएका छन् । पोषण भत्ता दिने काम एमालेले गरेको भए पनि प्रचार नभएको बताउनु चौधरीले बताएका छन् ।
उनले आफु जनताको चौकीदार बनेर सेवा गर्न नसके सधैको लागि राजनिती त्याग गर्ने समेत दाबी गरेका छन् । उनले बालिकाको सुरक्षा माथी समुदायले गम्भीर भएर सोच्नु पर्ने बताउनु बताउदै चोक चौराहामा बसेर जातपातको कुरा गर्ने, हिन्दु मुस्लिम विच द्धन्द्ध फैलाउने , युवती तथा बालिका माथी दुव्र्यवहार गर्ने जस्ता गलत क्रियाक्लापको अन्त्य गर्नु पर्ने बताएका थिए ।
पार्टी प्रवेश तथा जनसभामा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीले सबैनेता कार्यकर्तालाइ पार्टी प्रवेश गराएका थिए । नेता ज्ञवालीले गठबन्धनलाइ ठगबन्धनको संज्ञया दिदै एमालेले मधेस र मधेसीको हितमा निरंतर काम गर्ने गरेको दाबी गरेका छन् ।
यसैगरी एमालेमा लोसपाका प्रभावसाली नेताकार्यकर्ता पार्टी प्रवेश गर्दा लोसपालाइ ठुलो झटका लागेको छ ।