कृष्णनगरमा बालबिटौरी गाउँ ब्लकको जग्गा समस्या समाधानका लागि  भुमि मन्त्रीसँग अन्तरक्रिया

कपिलवस्तु , २७ असोज ।
कृष्णनगर नगरपालिकाको बालबिटौरी गाउँ ब्लकको जग्गासम्बन्धी समस्याको समाधान खोज्न एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मुख्य अतिथि भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले यस क्षेत्रको जग्गा समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको र चाँडै नै उपयुक्त नीति ल्याउने बताएका छन्। कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य मंगल प्रसाद गुप्ताले स्थानीय जनताको जग्गासम्बन्धी समस्या समाधानका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए। पूर्व सांसद अभिषेक प्रताप शाहले यस क्षेत्रको विकास र जनताको समृद्धिका लागि जग्गा समस्या समाधान महत्त्वपूर्ण भएको उल्लेख गर्दै कानूनी प्रक्रियालाई सरल बनाउनुपर्ने धारणा राखे। वडाध्यक्ष समाजसेवी बुद्धिजीवीहरूले पनि आफ्नो भनाइ राख्दै, सामुदायिक सहकार्य र सरकारले प्रदान गर्ने कानूनी सहायताको आवश्यकता रहेकोमा जोड दिए। सहभागीहरुले बालबिटौरी गाउँ ब्लकको विवादास्पद जग्गा समस्यामा सरोकारवालाबीच समन्वय गरी शीघ्र समाधान खोज्न सरकारलाई सुझाव दिएका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top