कपिलवस्तुमा जसपाको समाजवादी युवा संघको अध्यक्षमा बब्बु सिंह यादव, २६ सदस्यीय समिति गठन

कमलेशचन्द्र गुप्त १०  कात्तिक ,
– जनता समाजवादी पार्टी (जसपा) नेपाल अन्तर्गत कपिलवस्तु जिल्लाको भातृ संगठन समाजवादी युवा संघ नेपालको तर्दथ कार्य समिति पुनःगठन गरिएको छ। समाजवादी युवा संघको जिल्ला भेलामा बब्बु सिंह यादवको अध्यक्षतामा २६ सदस्यीय समिति चयन गरिएको छ।
समितिको उपाध्यक्षमा जय प्रकाश सहानी, वरिष्ठ उपाध्यक्षमा अब्दुल सइद खान, सचिवमा राम वृक्ष यादव, सह-सचिवमा शत्रुघन खरविन्द र कोषाध्यक्षमा सविता गुप्ता चयन भएका छन्। अन्य सदस्यहरूमा सुग्रीम यादव, महेश कुमार मुराऊ, नरेश यादव, वलिराम यादव, मधुरा प्रसाद धोबी, राजेश यादव, उसमान खान, अनिल लाल यादव, विजय कुमार तेली (गुप्ता), राजेश माली, रिता कहार, प्रमात्मा यादव, वलिराम धोबी, रियाजुद्दिन खान, रोहित यादव, प्रशुराम यादव, कियामुद्दीन अन्सारी, जोगिन्द्र रविदास, मिथुन तेली र शिव कुमार यादव छन्। समारोहमा जसपा नेपालका केन्द्रीय सदस्य राम नेवास यादव, साधिक यादव, जसपा लुम्बिनी प्रदेशका समाजवादी युवा संघ अध्यक्ष विकास यादव, र जसपा कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवलगायत अतिथिहरूले नवगठित समितिलाई शुभकामना व्यक्त गरेका थिए। अध्यक्ष बब्बु सिंह यादवले समाजवादी युवा संघलाई शसक्त बनाउँदै अघि बढाउने प्रतिबद्धता जनाए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top