कपिलवस्तु, कात्तिक २७ –
कपिलवस्तु जिल्लाको कृष्णनगर इलाका प्रहरी कार्यालयको टोलीले लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ। मिति २०८१ कात्तिक २७ गते बेलुका अन्दाजी ९:३० बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं. ३, हनुमानगढी क्षेत्रमा शंका लागि खानतलासी गर्दा १९ वर्षीय सिकन्दर चौहानको शरीर र बोकेको प्लास्टिकको बोरामा १३,००० क्याप्सुल लागू औषध Tramadol Hydrochloride Capsules I.P. 50 mg बरामद गरिएको हो। प्रत्येक पत्तामा २० क्याप्सुल रहेको उक्त लागू औषध लुकाई छिपाई राखिएको अवस्थामा फेला पारिएको थियो। यस क्रममा चौहानसँग NARZO कम्पनीको मोबाइल फोन पनि बरामद गरिएको छ। उनलाई लागू औषधसम्बन्धी मुद्दामा कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
कृष्णनगर क्षेत्रमा लागू औषध नियन्त्रणको प्रयासलाई सशक्त बनाउँदै, प्रहरीले लगातार लागू औषध नियन्त्रणमा सक्रियता देखाएको छ।