
कृष्णनगर, पुस १५ –
उद्योग बाणिज्य संघ कृष्णनगरको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा गुरु शरण सिंह (बन्टी सरदार) को जित्ने सम्भावना प्रबल देखिएको छ।
हालको कार्यसमिति भन्दा पहिलाको नेतृत्व गरिसकेका बन्टी सरदारले कृष्णनगरका व्यापारीहरूको निरन्तर साथ पाउँदै आएका छन्। व्यापारीहरूको हकहितको पैरवी गर्दै, सम्बन्धित सरोकारवाला निकायहरूसँग सधैं सम्पर्कमा रहने बन्टीले आफूलाई भारी मतका साथ जित्नेमा विश्वस्त रहेको बताएका छन्। बजार क्षेत्र भित्रका व्यापारीहरूसँगै बाहिरी क्षेत्रका बहादुरगन्ज, झिंगाहा, सिर्सिहवा लगायतका ग्रामीण क्षेत्रका व्यापारीहरूसँग पनि उनी सधैं प्रत्यक्ष सम्पर्कमा रहने बताइएको छ। “मलाई भेट्न कहिल्यै प्रतीक्षा गर्नुपर्ने अवस्था आउँदैन। सबै समुदायका व्यापारीहरूले मप्रति विश्वास राख्नुहुन्छ,” बन्टीले भने। आगामी पुस १९ गते हुने निर्वाचनमा भारी मतले जित निकाल्ने दाबी गर्दै उनले आफ्नो जित सम्पूर्ण व्यापारी वर्गको जित हुने बताएका छन्।