प्याब्सन कपिलवस्तुको अध्यक्षमा धीरेन्द्र विक्रम सिंह निर्वाचित

प्याब्सन कपिलवस्तुको अध्यक्षमा धीरेन्द्र विक्रम सिंह निर्वाचित

कपिलवस्तु, पुस १६ ,
निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सन कपिलवस्तुको १२औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमार्फत धीरेन्द्र विक्रम सिंह अध्यक्ष पदमा निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तोयानाथ गैरे, उपाध्यक्षमा नन्दराम सापकोटा, सचिवमा राजु अधिकारी, सह-सचिवमा विजय कुमार गुप्ता, कोषाध्यक्षमा दिपक भुसाल, र सह-कोषाध्यक्षमा बुद्धि पौडेल निर्वाचित भएका छन्।
नयाँ नेतृत्वले जिल्लाका निजी विद्यालयहरूको सशक्त प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनले शैक्षिक गुणस्तर सुधार, शिक्षक-विद्यार्थी हित र विद्यालयहरूको प्रवर्द्धनमा विशेष ध्यान दिने निर्णय गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *