
कृष्णनगर नगरपालिकाका प्रतिष्ठित राजनीतिकर्मी, बुद्धिजीवी तथा पूर्व गा.वि.स. अध्यक्ष श्री अभय प्रताप शाह (छोटे वब्बु / प्रधान जी) को मिति २०८१ साल पुस २१ गते असामयिक निधन भएको छ।उनी कपिलवस्तुका अभिषेक प्रताप शाहका काका हुन । नगरपालिकाले दिवंगत शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ।
नगर प्रमुखको आदेश अनुसार पुस २२ गते कृष्णनगर नगरपालिकाको सबै कार्यालय (वडा कार्यालयहरू समेत) मा शोक विदा दिने निर्णय गरिएको छ। अत्यावश्यक सेवा बाहेक अन्य कार्यालयहरू बन्द रहने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ।
स्व. अभय प्रताप शाह कृष्णनगर क्षेत्रका एक सम्मानित नेता एवं समाजसेवीका रूपमा परिचित थिए। उनको निधनले स्थानीय तहमा अपूरणीय क्षति पुगेको छ। नगरपालिकाले परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणको कामना गरेको छ।
नगरपालिकाले प्रकाशित सूचना अनुसार, शोक विदाको दिन सबै नगरवासीलाई स्व. शाहप्रति श्रद्धाञ्जली अर्पण गर्न आग्रह गरिएको छ।