अवध जागरण मिडियाको आयोजनामा अवधी भाषा र संस्कृति संरक्षणमा जोड ।

अवध जागरण मिडियाको आयोजनामा अवधी भाषा र संस्कृति संरक्षणमा जोड ।


कमलेशचन्द्र गुप्ता , कपिलवस्तु –
अवध जागरण मिडिया प्रा.लि.को आयोजनामा र महाराजगंज नगरपालिका वडा नम्बर ७ को सहयोगमा अवधी भाषा सांस्कृतिक संरक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री ईश्वर दयाल मिश्रले अवधी भाषा र संस्कृतिको संरक्षणमा जोड दिँदै अवध क्षेत्रको सांस्कृतिक विविधताको महत्वबारे धारणा राखे। उनले अवध भाषाका गीत-संगीत, परम्परागत पोशाक र सामाजिक रीतिरिवाजहरूको संरक्षण आवश्यक रहेको बताए। मिश्रले भने, “अवधी भाषा हाम्रो मातृभाषा हो। हामीलाई आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्नुपर्छ। यसलाई भावी पुस्तामा हस्तान्तरण गर्न शिक्षा र मिडियामा स्थान दिन जरुरी छ।”
कार्यक्रममा महाराजगंज नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राम रूप बढाईले पनि आफ्नो विचार राख्दै अवधी भाषाको संरक्षणका लागि स्थानीय तह सदैव तयार रहने प्रतिबद्धता जनाए।


कार्यक्रमको विशेष आकर्षण अवधी भाषाका विभिन्न लोक गीतहरूको प्रस्तुति थियो। कलाकारहरूले कराहवा, कजरी, चनैनी, बिरहा, झर्रा, विवाह गीत, सोहर, तिलक गीत लगायतका परम्परागत गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई सांगीतिक बनाएका थिए। साथै विवाहगारी कविता तथा लोकगाथाहरूले पनि कार्यक्रमलाई जीवन्त बनाएको थियो।
कार्यक्रमको सञ्चालन रामसेवक यादवले गरेका थिए। अध्यक्षता अवध जागरण मिडिया प्रा.लि.का अध्यक्ष निरहु यादवले गरेका थिए। विभिन्न वक्ताहरूले अवध भाषाको सांस्कृतिक धरोहरको संरक्षणबारे आफ्ना विचार राखे।
यस कार्यक्रमले स्थानीय बासिन्दाहरूलाई आफ्नो मातृभाषा, सांस्कृतिक परम्परा र पहिचानलाई जोगाउने प्रेरणा प्रदान गरेको सहभागीहरूले जनाएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *