
प्रभुनाथ गुप्ता
माघ १९, लबनी, कपिलवस्तु
शुद्धोधन गाउँपालिकाद्वारा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न १३ खेल समावेश गरिएका थिए, जसमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बिमिहा प्रथम, पूर्ण केशर माध्यमिक विद्यालय बगदी द्वितीय, र माध्यमिक विद्यालय तृतीय स्थान हासिल गर्न सफल भए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू अब जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगितामा शुद्धोधन गाउँपालिकाको तर्फबाट प्रतिनिधित्व गर्नेछन्।
समापन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख रमेश कुर्मी, विशिष्ट अतिथि वडा नम्बर २ का अध्यक्ष मनोज कुमार यादव, वडा नम्बर १ का अध्यक्ष मोहम्मद ताहिर खाँ, प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेल लगायतको उपस्थिति रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत पौडेलले अनुशासनलाई विद्यार्थीको प्रमुख गहना भन्दै खेलकुदले अनुशासन र आत्मविश्वास बढाउने बताए।
शिक्षा प्रमुख धनि प्रसाद शर्माले यस वर्षको प्रतियोगिता सबैभन्दा उत्कृष्ट, व्यवस्थित र विवादरहित भएको उल्लेख गरे। खेल संयोजक घनश्याम चौधरीले विजेता खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरे।
समापन समारोहको अध्यक्षता गर्दै गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले सहभागी विद्यालयहरूलाई धन्यवाद दिँदै जिल्लास्तरीय प्रतियोगितामा छनोट भएका खेलाडीहरूलाई शुभकामना व्यक्त गरे। कार्यक्रम सञ्चालन मोहन अर्यालले गरेका थिए।