
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई टीका लगाइदिएका छन् ।
केही दिनदेखि दमकस्थित निवासमा रहेका अध्यक्ष ओलीले बालबालिका, कार्यकर्ता एवं शुभेच्छुकलाई टीका लगाएर आशीर्वाद दिएका हुन् ।
उनी आफ्ना पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्न तीन दिनदेखि दमकमै छन् ।





