कपिलवस्तुमा नवौं स्वास्थ्य बीमा वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

कपिलवस्तुमा नवौं स्वास्थ्य बीमा वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

कपिलवस्तु, चैत २५ – ‘सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नाराका साथ कपिलवस्तुमा नवौं स्वास्थ्य बीमा दिवसको अवसरमा  वार्षिकोत्सव मनाइएको छ।
जिल्ला सम्पर्क कार्यालय, स्वास्थ्य बीमा बोर्ड कपिलवस्तुको आयोजनामा कपिलवस्तु नगरपालिकाको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सम्पर्क कार्यालयका प्रमुख वशिष्ठ तिवारी, दर्ता अधिकारी प्रबिन चौधरी, सुर्य पाण्डेय, शोभा भुसालसहित जिल्ला भरिका दर्ता सहयोगीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा स्वास्थ्य बीमा सेवाको वर्तमान अवस्था, उपलब्धि, चुनौती र आगामी योजना सम्बन्धमा जानकारी गराइयो। साथै नागरिकहरूमा स्वास्थ्य बीमा प्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले छलफल र अन्तक्र्रियात्मक सत्रहरू पनि सञ्चालन गरिएको थियो। कार्यक्रमले जिल्लामा स्वास्थ्य बीमाको पहुँच विस्तार गर्न थप योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *