`उत्कृष्ट प्रहरी’ को रूपमा हवल्दार राजेन्द्र कुँवर सम्मानित

कपिलवस्तु –
प्रहरी संगठनमा उल्लेखनीय कार्य सम्पादन गरेबापत वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार राजेन्द्र कुँवरलाई बैशाख महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) घोषणा गर्दै प्रशंसा–पत्रद्वारा सम्मान गरिएको छ।
इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा दरबन्दी भई चन्द्रौटा कार्यालयमा कार्यरत हवल्दार कुँवरलाई अपराध अनुसन्धान, प्रहरी कार्यदक्षता र समुदायसँगको सहकार्यमा देखाएको समर्पणका लागि यो सम्मान प्रदान गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) निरन्जन दत्त भट्टद्वारा हस्ताक्षरित प्रशंसा–पत्रमा हवल्दार कुँवरले आम नागरिकमा सुरक्षा अनुभूति दिलाउने कार्यमा अग्रसर हुँदै प्रहरी संगठनको गरिमा बढाएको उल्लेख गरिएको छ।
एसपी भट्टले कुँवरको निरन्तर व्यावसायिक योगदानप्रति प्रशंसा प्रकट गर्दै आगामी दिनमा पनि यस्तै समर्पणका साथ कार्य गर्दै संगठनको छवि अझ उचो बनाउने विश्वास व्यक्त गरेका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *