कपिलवस्तु , असोज २१
जिल्लाको पश्चिमी क्षेत्रका चर्चित नेता जानकी यादव राप्रपामा प्रवेश गरेका छन् ।
स्थानीय निर्वाचनमा विजयनगर गाउँपालिमा जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ऊनी झिनो मतान्तरले एमलेका उम्मेदवार गोपाल थापासंग निर्वाचनमा पराजित भइ दोर्सो स्थानमा रहेका थिए ।
प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा जानकी यादवले शुक्रबार ताैलिहवा स्थित राष्ट्रिय प्रजातन्त्र पार्टीकाे कार्यालयमा सदस्यता लिई राप्रपा प्रवेश गरेका छन् ।
राप्रपा कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिंह , पार्टीका केन्द्रीय सदस्य तथा शिवराज नगरप्रमुख अजय थापा, राप्रपा स्वास्थ्य विभाग केन्द्रीय सदस्य प्रकाश रजौरिया, केन्द्रीय सदस्य ध्रुव रायमाझी लागयतको पहलमा जानकी प्रसाद यादवले राप्रपा प्रवेश गरेका हुन । यादवले देश र जनताकाे हितमा राप्रपा पार्टी मात्र भएकाे बताउँदै राप्रपाले देशकाे शिर झुक्न नदिने र जनताले समेत राप्रपालाइ चाहेकाे दाबी गर्दै पार्टी प्रवेश गरेका हुन् ।
यादव प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर ३ काे ‘ख’ बाट यादवले उम्मेदवारी दिने प्रबल सम्भावना देखिएकाे छ ।
यसैगरी शिवराज नगरपालिका प्रमुखमा राप्रपाबाट अजय थापाले लाेकप्रिय मतले विजयी भएपश्चात राप्रपाप्रति जनताकाे आकर्षणसमेत बढ्दै बताएका छन् । यस्तै राप्रपा स्वास्थय बिभाग केन्द्रिय सदस्य र कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार प्रकाश रजौरियाले प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपालाइ जिताउन आह्वान गर्दै राप्रपाले जनताको मतको अपमान नहुने दाबी गरेका छन् ।