जनपद प्रहरी जवान पदमा माग संख्या बढ्यो, अब कुल १८४२ जना भर्ना हुने

जनपद प्रहरी जवान पदमा माग संख्या बढ्यो, अब कुल १८४२ जना भर्ना हुने

काठमाडौं — नेपाल प्रहरीको जनपद प्रहरी समूहअन्तर्गत प्रहरी जवान पदका लागि माग गरिएको संख्या थप गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले २०८१ साल मंसिर २१गते प्रकाशित विज्ञापनअनुसार सुरुमा माग गरिएको १,१६१ पद संख्या बढाएर अब १८४२ पुर्‍याली याएको हो। उक्त पदमा खुला तथा समावेशी प्रतियोगिताबाट आवेदन लिई भर्ना प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ। नयाँ संशोधित विवरणअनुसार, खुलातर्फ ९९३ जना, महिला १६२, आदिवासी जनजाति २६०, मधेसी २२८, दलित १२२, पिछडिएको क्षेत्र ४० तथा अमरअंगवाला/प्रहरी परिवारतर्फ ३७ जनाको दरबन्दी कायम गरिएको छ।…
सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको आधारमा नेपाल प्रहरीले प्रारम्भिक माग संख्या वृद्धि गरेको जानकारी दिएको छ। अदालतको आदेशअनुसार माग संख्या पुनः निर्धारण गरिँदै भर्ना प्रक्रिया अघि बढाइने जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *