श्री राम गोरखा माविमा कृषि र पशु विज्ञानमा १८ महिने डिप्लोमा भर्ना खुला

श्री राम गोरखा माविमा कृषि र पशु विज्ञानमा १८ महिने डिप्लोमा भर्ना खुला

कमलेशचन्द्र गुप्ता, बहादुरगञ्ज,
श्री राम गोरखा  माध्यमिक विद्यालय, बहादुरगञ्जले CTEVT सम्बन्धन प्राप्त बाली तथा पशु विज्ञान विषयमा १८ महिने डिप्लोमा कार्यक्रमका लागि नयाँ भर्ना खुला गरेको छ।

शैक्षिक सत्र २०८२/०८३ का लागि सुरु हुने उक्त कार्यक्रममा अनुभवी प्रशिक्षक, सुदृढ प्रयोगशाला, कृषि तथा पशुपन्छी फार्म, नि:शुल्क छात्रावास र पुस्तकालय जस्ता सुविधाहरू छन्।

भर्नाका लागि नागरिकता वा जन्मदर्ता, चारित्रिक प्रमाणपत्र, २ फोटो, SEE को ग्रेडसिट आवश्यक छन्। जुनसुकै ग्रेड प्राप्त विद्यार्थीले आवेदन दिन सक्ने र फारम दस्तुर रु ५०० तोकिएको विद्यालयले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *