मल अभावले किसानलाई सास्ती, पूर्व सांसद शाहको प्रशासनलाई चेतावनी

मल अभावले किसानलाई सास्ती, पूर्व सांसद शाहको प्रशासनलाई चेतावनी


कपिलवस्तु,

खेतीपातीको सिजनमा किसानले भोग्नुपरेको रासायनिक मलको अभावप्रति पूर्व सांसद अभिषेक प्रताप शाहले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरी प्रशासनलाई यस विषयमा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्दै नियन्त्रणका नाममा किसानलाई दुःख नदिन चेतावनी दिएका छन्।
शाहले मल–खाद खेतीपातीका लागि अत्यावश्यक वस्तु भएको र यसको अभावले किसानको जनजीवनमा प्रत्यक्ष असर पर्ने बताएका छन्। उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “खेतीपातीको सिजनमा मल–खाद किसानका लागि अत्यन्तै आवश्यक वस्तु हो। त्यसैले यसप्रति प्रहरी प्रशासनले विशेष संवेदनशीलता देखाउँदै नियन्त्रणको नाममा किसानलाई दुःख नपुग्ने किसिमले व्यावहारिक कदम चाल्नु आवश्यक छ।”
यदि किसानले सहजै मल नपाए र अनावश्यक झन्झटको सामना गर्नुपरेमा उनीहरू प्रतिकारमा उत्रिन बाध्य हुने अवस्था आउन सक्ने शाहको भनाइ छ। उनले यस्तो अवस्था आएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।


विशेषगरी धान रोपाइँको सिजन सुरु भएसँगै कपिलवस्तु लगायत तराईका विभिन्न जिल्लामा रासायनिक मलको अभाव चुलिएको छ। यसले गर्दा किसानहरू मारमा परेका छन् भने कृषि उत्पादनमा समेत नकारात्मक असर पर्ने जोखिम बढेको छ। पूर्व सांसद शाहको यो भनाइले किसानका समस्यालाई सम्बोधन गर्न र मल आपूर्तिलाई सहज बनाउन प्रशासनमाथि दबाब बढाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *