भैरहवाका राकेश यादव अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकका रूपमा थाइल्याण्ड जाँदै

१६ साउन, रुपन्देही — तेक्वान्दो खेलमा तीन दशकको समर्पण र अनुभव बटुलेका भैरहवाका प्रशिक्षक राकेश यादवले अन्तर्राष्ट्रिय स्तरमा पुनः एकपटक नेपाली खेल क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।
यही आउँदो अगस्ट ८ देखि १० तारिखसम्म थाइल्याण्डमा आयोजना हुने ‘८औं हिरोज तेक्वान्दो च्याम्पियनसीप २०२५’ मा यादव निर्णायकका रूपमा सहभागी हुँदैछन्। उहाँ हाल रुपन्देही जिल्ला तेक्वान्दो संघका सचिव हुनुहुन्छ भने ‘क्रियटिभ तेक्वान्दो डोजाङ’ का प्रमुख प्रशिक्षक (मास्टर) समेत हुनुहुन्छ।
यो प्रतियोगिता विश्वका ३० भन्दा बढी देशका प्रतिनिधि खेलाडीहरूको सहभागितामा सम्पन्न हुँदैछ, जसमा ३ हजार ५ सयभन्दा बढी खेलाडीहरू प्रतिस्पर्धामा उत्रनेछन्।
यादवको अनुशासन, लगनशीलता र तेक्वान्दोप्रतिको निरन्तर प्रतिबद्धतालाई उच्च मूल्यांकन गर्दै आयोजक संस्थाले उनलाई निर्णायकको रूपमा आमन्त्रण गरेको हो। विगतदेखि नै खेलाडी उत्पादनदेखि तालीम, प्रशिक्षण तथा निर्णायक भूमिकासम्म प्रभावशाली उपस्थिति देखाउँदै आएका यादवका लागि यो अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धि मानिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *