अनावश्यक रूपमा बिरामी फर्काउन नपाइने: स्वास्थ्य बीमा बोर्ड

अनावश्यक रूपमा बिरामी फर्काउन नपाइने: स्वास्थ्य बीमा बोर्ड

साउन १८ ,
स्वास्थ्य बीमा बोर्डले बीमा योजनाअन्तर्गत सूचीकृत स्वास्थ्य संस्थाहरूमा आवश्यक सेवा उपलब्ध नहुँदा बिरामीलाई अन्य संस्थामा रेफर गर्न सकिने स्पष्ट पार्दै नयाँ निर्देशन जारी गरेको छ।
स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ को व्यवस्था अनुसार, सूचीकृत सेवा प्रदायक संस्थाले आफूले उपलब्ध गराउन नसक्ने सेवाका लागि अन्य संस्थामा रेफर गर्नुपर्ने व्यवस्था छ। हालै स्वास्थ्य बीमा बोर्डले एक सूचना जारी गर्दै, सूचीकृत सेवाप्रदायकले आवश्यक सेवा दिन असमर्थ भएमा सेवाग्राहीलाई अनावश्यक रूपमा फर्काउने नभई, सेवाको उपलब्धता नभएको कारणसहित अन्य संस्थामा रेफर गर्नुपर्ने जानकारी दिएको छ।


बोर्डका अनुसार, रेफरल सेवासम्बन्धी कार्यविधि २०७८ तथा दावी समिति निर्देशिका (संशोधित) २०७९ को प्रावधान अनुसार, आवश्यकता अनुसार रेफर गर्ने निर्णय लिन सकिनेछ। सूचना अनुसार, अस्पताल वा स्वास्थ्य संस्थामा सेवा उपलब्ध नभएमा प्रस्ट कारण खुलाएर रेफर गर्नुपर्नेछ, अन्यथा बीमा कार्यक्रमअन्तर्गत भुक्तानीसमेत रोक हुन सक्ने चेतावनीसमेत दिइएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *