बंशजलाई जन्मसिद्ध बनाउने जि.प्र.का.तौलिहवाको प्रतिलिपी : नागरिकमा अन्योल ।

कपिलवस्तु – जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको नागरिकताको प्रतिलिपीमा आधार परिवर्तन भएको तथ्य बाहिर आएको छ। कृष्णनगर नगरपालिका–९ माडा बस्ने  का ७५ वर्षीय जगत राम गडरिया (जन्म मिति: २००७ साल वैशाख २ गते) ले पहिलोपटक २०४२ साल फागुन २१ गते बंशजको आधारमा नागरिकता प्रमाणपत्र प्राप्त गरेका थिए। तर पछिल्लो पटक प्रतिलिपी निकाल्दा भने सो नागरिकता जन्मसिद्ध उल्लेख गरी जारी गरिएको छ।
इलाका प्रशासन कार्यालय चन्द्रौटाका अनुसार, “हामीले प्रतिलिपी दिने क्रममा जिल्ला प्रशासन कार्यालय तौलिहवाबाट झिकाइ पठाइएका कागजातमा जन्मसिद्ध उल्लेख भएकाले सोही अनुसार नागरिकता प्रतिलिपी दिएका हौं।”
यसरी २०४२ सालमा बंशजका आधारमा दिइएको नागरिकतालाई ४ दशकपछि प्रतिलिपीमा आएर जन्मसिद्ध बनाइदिनु प्रक्रियागत त्रुटि नभई प्रशासनिक कार्यविधि र जिम्मेवारीमै प्रश्न उठाउने घटना भएको स्थानीयवासीहरूको भनाइ छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *