
कपिलवस्तु, कृष्णनगर, भदौ ११ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु जिल्ला अन्तर्गत कृष्णनगर नगरपालिका वडा नम्बर ३ मा आज सम्पन्न वडा अधिवेशनबाट अब्दुल सलामको अध्यक्षतामा ९ सदस्यीय वडा कार्यसमिति गठन भएको छ।
यसअघि वडा नम्बर ७ मा प्रेम बहादुर यादवको नेतृत्वमा तथा वडा नम्बर १२ मा साधु यादवको नेतृत्वमा वडा कार्यसमिति गठन भइसकेको थियो। लगातार वडागत अधिवेशन सम्पन्न गर्दै राप्रपा कृष्णनगरमा संगठनलाई क्रमशः सक्रिय र बलियो बनाउँदै लगिएको छ।
कार्यक्रमका वक्ताहरुले पार्टीलाई जनताको विश्वास जित्ने संगठनका रूपमा स्थापित गर्न नवगठित पदाधिकारी तथा कार्यसमितिहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका थिए। नव निर्वाचित सम्पूर्ण पदाधिकारीलाई शुभकामना दिँदै नेताहरुले आगामी दिनमा राप्रपाको संगठन विस्तार र जनतामुखी गतिविधिमा सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।




