
शिवराज अस्पतालमा आज सम्पन्न रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन गरिएको छ । छोटो समयमै ठूलो संख्यामा सहभागी भई रगतदान गर्ने महानुभावहरूले दिएको सहयोगलाई आयोजकहरूले महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
यो कार्यक्रम दिनेश जयसवालको विशेष पहल र अनुप गुप्तको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा रेडक्रस तौलिहवाको प्राविधिक टोलीको सक्रिय सहभागिता रहेको थियो ।
यस अवसरमा युवा महेश जसवाल, वैभव प्रताप शाह, अन्य समाजसेवी तथा शिवराज अस्पतालको टिमले पनि उल्लेखनीय सहयोग पुर्याएका थिए ।
आयोजकहरूले हालैको आन्दोलनमा घाइते भएका दाजुभाइहरूको उपचारका लागि रगत आवश्यक पर्न सक्ने भन्दै संकलन गरिएको रगत उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । साथै, कठिन घडीमा अमूल्य समय दिएर सहयोग गर्ने सबै दाताहरूप्रति हार्दिक आभार प्रकट गरिएको छ ।



