कृष्णानगरमा सशस्त्र प्रहरीद्वारा राजस्व छलि गरिएका कपडा बरामद

कृष्णानगरमा सशस्त्र प्रहरीद्वारा राजस्व छलि गरिएका कपडा बरामद

कपिलवस्तुको कृष्णानगरस्थित सशस्त्र प्रहरी बल प्रस्तावित गुल्मको टोलीले ठूलो मात्रामा अबैध कपडा बरामद गरेको छ।
व्यारिएर चेक पोस्टमा नियमित चेकजाँचका क्रममा भारतबाट भन्सार छलि गर्दै नेपालतर्फ ल्याइँदै गरेको सामान नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तुला बहादुर चौधरीको नेतृत्वमा खटिएको टोलीले साडी ९४ थान, पर्दा ४५ थान, मोजा ३४ दर्जन, लेडिज सुट ३४ थान र कुर्ति सेट १५० थानसहित करिब दुई लाख ६१ हजार रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएका सबै सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, कृष्णानगरमा बुझाइएको सशस्त्र प्रहरीका डिएसपी तुला बहादुर चौधरीले बताएका छन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *