वन कार्यालय कपिलवस्तुबाट पासोमा फसेको चितुवाको उद्धार ।।

वन कार्यालय कपिलवस्तुबाट पासोमा फसेको चितुवाको उद्धार ।।
असोज ३०,कपिलवस्तु ।।
जंगली जनावारबाट अन्न बाली बचाउनको लागि थपेको पासोमा फस्यो चितुवाको वन कार्यालय कपिलवस्तुबाट उद्धार गएिको छ । कपिलवस्तु नगरपालिकाको तिलौरी गाउँ नजिकै बाणगागा नदी किनारमा २९ गते गए राती एक चितुवा पासोमा फसेको थियो । बिहानको समयमा स्थानिय मान्छेहरुले जंगली जनावारको अवाज सुनेर जाँदा चितुवा पासोमा फसेको देखेर जिल्ला बन कार्यालय कपिलवस्तु , ईलाका बन कार्यालय चेतरादेई र तिलौराकोट साझेदारी वनका कर्मचारीहरुलाई खबर गरी स्थानियहरुको पनि सहयोगमा चितुवालाई उद्धार गरिएको हो ।
लम्बाई ७८ इन्च र उचाई ३१ ईन्च भएको उक्त चितुवालाई उद्धार गरि तिलौराकोट साझेदारी बन छोडिएको कुरा सहायक वन अधिकृत मदन मोहन स्याण्डियलले बताउनु भएको छ । उक्त चितुवा संगै ४ वटा बच्चा सहित आर्को पनि चितुवा चेतरादेई देखी उत्तरको जंगलमा रहेको कुरा साझेदारी बनका हेरालुहरुको भनाई रहेको छ ।
जंगलको हैसियत राम्रो, घना हुँदै जाँदा जंगल भित्र जैबिक बिबिधता बढेको कुरा तिलौराकोट साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जय प्रकाश पाण्डेयले बताउनु भएको छ । उहाँको अनुसार सबैको सहकार्य र प्रयासले जंगलमा आगलागी हुन न पाउँदा जंगल घना भयो र जंगल भित्र जंगली जनावरहरुलाई पानी खानाको लागी ठाउँ ठाउँमा पोखरीको ब्यवस्था भएको हुनाले जनावरको संख्यामा बृद्धि भएको हो । जंगलमा अहिले बँदेल , निलगाई , बाँदर , हरिण , मयूर र बिभिन्न प्रजातीका बाघहरु को संख्या बृद्धि भएको हो । बिगत ५ बर्ष देखी यस्ता जंगली जनावरहरुको संख्यामा बृद्धि भएको र जंगल नजिकका किसानहरुलाई सास्ती भएको कुरा किसानहरुले बताएका छन् ।
बर्ष दिन खानाको लागी तयार भएको धान बाली जंगली जनावरहरुले हानी पुर्याउँदा रात भरी खेतमै सुत्नु पर्ने एक किसान कबलाश भरले बताए । उहाँको अनुसार किसान र जंगली जनावर दुबैको सुरक्षाको लागी बन कार्यालय तथा साझेदारी बनले किसानको बाली हुने क्षेत्रमा जालीदार तारबारको ब्यवस्था गर्नु पर्ने बताए ।
त्यसै गरी चेतरादेई , गोरुसिंगे सड्क खण्डमा जंगली जनावरले सड्क वारपार गर्दा दुर्घटनामा परि कैयौको ज्यान समेत गएको छ । त्यस्ता दुर्घटना न्यूनिकरणको लागी सड्कको दुबै तिर जाली तार लगाउनु पर्ने र जंगली जनावरहरु वारपार गर्न केही निश्चित ठाउँ खाली राखी सन्देश मुलक होडिंग बोर्ड राख्नु पर्ने बन कार्यालय तथा साझेदारी बन ब्यवस्थापन समिती लाई स्थानियहरुको सुझाव रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *