दुर्घटनामा निधन भएका प्रहरी स. हवल्दार यादवलाई कपिलवस्तुमा अन्तिम बिदाइ

कपिलवस्तुमा सवारी दुर्घटनामा परी निधन भएका प्रहरी सहायक हवल्दार राम बेलास यादवप्रति जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

कारागार सुरक्षा गार्ड कपिलवस्तु दरबन्दी भई इलाका प्रहरी कार्यालय कोपवा, कपिलवस्तुमा कार्यरत यादवको मिति २०८२ कार्तिक २१ गते सवारी दुर्घटनामा परी असमयमै निधन भएको थियो।
उहाँको पार्थिव शरीरलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु परिसरमा राखी प्रहरी उपरीक्षक (प्र.उ.) सन्तोष आचार्य, प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) रिपेन्द्र कुमार सिंह, अन्य वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतहरू र सम्पूर्ण प्रहरी परिवारले श्रद्धाञ्जली अर्पण गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु परिवारले यस दुःखद् क्षणमा स्व. यादवप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारजनमा धैर्य र सहनशक्ति प्राप्त होस् भन्ने कामना समेत गरिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *