जसपा नेपाल कपिलवस्तुले २८ बुँदे मागसहित प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र ।।

जसपा नेपाल कपिलवस्तुले २८ बुँदे मागसहित प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र ।।

शत्रुहन खरबिन्द ,मंसिर १० ,कपिलवस्तु  ।।
जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति कपिलवस्तुले विभिन्न २८ बुँदे मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको नेतृत्वमा बुधबार प्रमुख जिल्ला अधिकारी जनर्दान गौतम मार्फत प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएको हो ।संविधान संशोधन, प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने, जेनजी (युवा पुस्ता) ले आन्दोलनका दौरान उठाएका माग र मुद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने, विगतका आन्दोलनको बेला गठन गरिएका न्यायीक छानबीन आयोगहरुको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, किसानहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउनुपर्ने, सिंचाई, मल खाद, बिउबिजन, किटनाशक औषधि र कृषि बजारको व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाइएको पार्टीको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताउनु भएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पठाउने प्रतिबद्धता जनाउनु भएको छ ।
पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुसार ज्ञापनपत्र बुझाइएको जसपा नेपाल कपिलवस्तुका सचिव शिवालाल यादवले बताउनु भएको छ ।
ज्ञापनपत्र बुझाउन पार्टीका केन्द्रीय सदस्य सुदीप पौडेल ,  सधिका यादव , डा.अब्दुल रसिद खाँ , राम नेवस यादव, लगायत जसपा नेपालका नेता तथा कार्यकर्ता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पुग्नुभएको थियो ।
आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशभरका सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जसपा नेपालले जनाएको छ । त्यस्तै मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका शहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा र जनपरिचालन अभियान संचालन गर्ने पार्टीले जनाएको छ ।
मंसिर १९ देखि २१ गतेसम्म जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम छ । त्यसै गरी मंसिर २७ देखि पुस ४ गतेसम्म देशभर जिल्लास्तरीय विरोधसभा तथा जनसभा आयोजना गरिने पार्टीले जनाएको छ । प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम भने पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगंज र १७ गते नेपालगंज÷भैरहवामा गर्ने तय भएको छ ।
त्यसै अनरुप कपिलवस्तु जिल्ला को विभिन्न ठाउँ विरोध तथा कोण साभ कार्यक्रम गर्ने जसपा नेपाल कपिलवस्तुले जनाएको छ । जिल्लामा मंसिर १० गते जिल्ला प्रसाशन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मर्फत प्रधानमान्त्री लाई ज्ञापन पत्र बुझाउने , १२ गते वर्रोहियामा निर्वान क्षेत्र नम्बर १ स्तरीय विरोध कोण सभा गर्ने ,१३ गते मर्यादपुर क्षेत्र नम्बर २ स्तरीय विरोध कोण सभा गर्ने ,१५ गते वहादुररगंज क्षेत्र नम्बर ३ स्तरीय विरोध कोण सभा गर्ने जसपा नेपाल कपिलवस्तुले जनाएको छ । त्यसै गरी मंसिर २१ गते जिल्ला प्रसाशन कार्यालय कपिलवस्तु अगाडी दिउँसो १२ बजे देखि १ बजे सम्मा धर्ना दिने र पुष १ गते जिल्ला प्रसाशन कार्यालय कपिलवस्तु अगाडी रैली सहित विरोध सभा गर्ने पार्टीले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *