
कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ हुलाकी सडक खण्ड अन्तर्गत बरइपुरमा भारतीय नम्बर UP 55 AU 3972 को मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया निर्मला बरईको मृत्यु भएको छ। दुर्घटनापछि मोटरसाइकल तथा भारतीय चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाइरहेको वडा प्रहरी कार्यालयले जनाएको छ।
स्थानीयहरूका अनुसार सडकमा तीव्र गतिमा आएको मोटरसाइकलले अचानक ठक्कर दिँदा गम्भीर घाइते भएकी निर्मला बरईलाई उपचारका लागि लगे पनि बचाउन नसकिएको थियो। प्रहरीका अनुसार चालकको पहिचान, कानुनी प्रक्रिया र थप अनुसन्धान जारी छ।





