
कपिलवस्तु, चन्द्रौटा । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिको पुनर्गठन कार्यक्रम आज कपिलवस्तुको चन्द्रौटामा अवस्थित लुम्बिनी ग्रीन रिसोर्टमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशको नयाँ नेतृत्व चयन गरिएको हो ।
कार्यक्रममार्फत अकरम पठानलाई लुम्बिनी प्रदेश समितिको अध्यक्षमा निर्विरोध चयन गरिएको छ । ज़िम्मेवारी ग्रहण गर्दै अध्यक्ष पठानले पार्टी संगठनलाई मजबुत बनाउँदै प्रदेशको राजनीतिक, सामाजिक र आर्थिक एजेण्डामा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।
कार्यक्रममा जसपा–नेपालका महासचिव मोहम्मद इस्तियाक राई तथा केन्द्रिय अध्यक्ष अशोक राईले शुभकामना व्यक्त गर्दै नवगठित समितिलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नुभएको थियो । उनीहरूले प्रदेशमा पार्टीको संगठनात्मक सुदृढीकरण, जनताको मुद्दामा प्रभावकारी हस्तक्षेप र राजनीतिक स्थिरतामा योगदान पुर्याउनु पर्ने धारणा राखेका थिए ।
यसैगरी समितिमा अन्य पदाधिकारी र सदस्यहरू समेत मनोनयन गरिएको छ । वक्ताहरूले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।




