
रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–७, गरगट्टीमा अवस्थित मायादेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा शेयर सदस्य, पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मायादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डे रहेका थिए। सभाको अध्यक्षता संस्थाका अध्यक्ष महेश प्रसाद यादव ले गरेका थिए।
साधारण सभामा संस्थाको वार्षिक प्रगति विवरण तथा आय–व्यय विवरण प्रस्तुत गर्नुका साथै आगामी योजना र कार्यक्रमबारे छलफल गरिएको थियो। सहकारीलाई पारदर्शी, सदस्य–मुखी र दिगो रूपमा अगाडि बढाउने विषयमा विशेष जोड दिइएको थियो।
यसै अवसरमा संस्थाको आफ्नै भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग पुर्याउने सहयोगीदाताहरूलाई सम्मान गरिएको छ। सहयोग दिनेहरुमा दयाराम प्रसाद बरईले ५१ हजार , दिपेश यादवले २१ हजार लगायत अन्य २० जनाले सहयोग दिनेछन् ।सहयोगीदाताको योगदानले सहकारी संस्थालाई थप सुदृढ बनाएको भन्दै संस्थाले आभार व्यक्त गरेको छ।



