चन्द्रौटामा अवैध सिद्रा माछासहित बलेरो पिकअप नियन्त्रणमा ।

चन्द्रौटामा अवैध सिद्रा माछासहित बलेरो पिकअप नियन्त्रणमा ।

चन्द्रौटा ,

गएको पौष २१ गते राति करिब २२:०० बजे वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा रहेको एक पिकअप गाडी नियन्त्रणमा लिएको छ।
प्रहरी टोलीले आफ्नो वडा क्षेत्रको वस्तुस्थिति बुझ्दै गस्ती गर्ने क्रममा जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ५ स्थित समानता एफ.एम. नजिक कृष्णनगर–चन्द्रौटा सडक खण्डमा शंकास्पद अवस्थामा रहेको लु. १ च. ९२७९ नम्बरको बलेरो पिकअप गाडी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उक्त गाडीमा रहेको सामान प्रज्ञापनपत्रमा तोकिएबमोजिम नभएको पाइएपछि गाडी, सामान तथा चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको गाडी चालक जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ५ खैरी निवासी ३६ वर्षीय शेष बहादुर चौधरी रहेका छन्। गाडीबाट २१ बोरा बराबरको १७४० के.जी. सिद्रा माछा (Dry Fish) बरामद गरिएको छ।
प्रहरीका अनुसार बरामद गरिएको बलेरो पिकअप गाडीको अनुमानित मूल्य रु. १२ लाख र सिद्रा माछाको अनुमानित मूल्य रु. ५ लाख ५६ हजार ८ सय रहेको छ। बरामद सामान तथा सवारी साधनको जम्मा अनुमानित मूल्य रु. १७ लाख ५६ हजार ८ सय (अक्षेरूपी सत्र लाख छपन्न हजार आठ सय मात्र) रहेको छ।
प्रकरणमा संलग्न चालक, सवारी साधन र बरामद सामानलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ

Leave a Comment

Your email address will not be published. Required fields are marked *