
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार काठमाडौंको धुम्बराही क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार शर्मामाथि एक बालिकालाई घरमा राखी बालश्रम गराएको आरोप लागेको छ। सोही आरोपका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।
हाल उनीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




