
कपिलवस्तु, — जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सार्वजनिक बिदाका दिन समेत नागरिकलाई सेवा उपलब्ध गराउने निर्णय गरेको छ। नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्र अनुसार आर्थिक वर्ष २०८३ मा तोकिएका विभिन्न सार्वजनिक बिदा, पर्व तथा दिवसका अवसरमा पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन हुने कार्यालयले जनाएको छ।
कार्यालयले जारी गरेको सूचनाअनुसार चाडपर्व तथा विशेष दिवसका दिन सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले सेवा प्रवाह निरन्तर राखिनेछ। विशेष गरी चन्द्र पूर्णिमा, गणतन्त्र दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, क्रिसमस डे, तमु ल्होसार, पृथ्वी जयन्ती, माघे संक्रान्ति, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, ग्याल्पो ल्होसार लगायतका अवसरमा सेवा खुला रहनेछ।
त्यसैगरी, मुस्लिम समुदायका प्रमुख पर्वहरू ईद उल फित्र र बकर ईदका दिन पनि सेवा सञ्चालन हुने जनाइएको छ।





