हुलाकी सडकमा स्कार्पियो–ट्रक ठक्कर : २ जनाको ज्यान गयो, ३ जना घाइते

हुलाकी सडकमा स्कार्पियो–ट्रक ठक्कर : २ जनाको ज्यान गयो, ३ जना घाइते

कपिलवस्तु — कपिलवस्तुको हुलाकी सडक खण्ड अन्तर्गत नगरपालिका–१२ पिपरहवामा आइतबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार बहादुरगंजबाट तौलिहवातर्फ आइरहेको UP 32 CA 8343 नम्बरको स्कार्पियो सोही दिशामा साइड लगाएर रोकिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा गएर ठोक्किएको हो। दुर्घटनापछि घाइते सबैलाई तत्काल जिल्ला अस्पताल तौलिहवा लगिएको थियो।
उपचारका क्रममा महाराजगंज नगरपालिका–११ वनगाईका ५० वर्षीय राधेश्याम कुर्मीलाई राति १०:०५ बजे मृत घोषणा गरिएको थियो भने शिवराज नगरपालिका–६ धरमनगरका अन्दाजी ५०–५५ वर्षीय चिन्नी कुर्मीको पनि राति १०:०० बजे ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा ६५ वर्षीय नन्द प्रसाद दुबे, २८ वर्षीय मोतिलाल कुर्मी र २० वर्षीय सुरेश कुर्मी रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।
घटनामा संलग्न ट्रक र चालक बुद्धभूमि नगरपालिका–९ इमिलियाका २८ वर्षीय सुरज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि सडक यातायात भने सामान्य अवस्थामा नै सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *