नवनिर्वाचित सांसदलाई कपिलवस्तु समाजको सम्मान

काठमाडौ , २ पुस ।
कपिलवस्तु समाज काठमान्डौले कपिलवस्तु जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्मान गरेको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित बलराम अधिकारी, मंगल प्रसाद गुप्ता,अमृता अग्रहरी, रुपा वि.क र सेराज अहमद फारुकीलाई समाजले सम्मान
गरेको हो ।कपिलवस्तु समाज काठमान्डौको ३२औं स्थापना दिवस दिवसको अवसरमा आज आयोजित सम्मान तथा छात्रवृत्ति कार्यक्रममा समाजका अध्यक्ष दिपक कुमार राजभण्डारी लगायत समाजका पदाधिकारीहरुले खादा ओढाएर उहाँहरूलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा सम्मानित प्रतिनिधिसभा सदस्यहरुले कपिलवस्तुको शिक्षा, स्वास्थ्य, सडकलगायत सम्रग विकासमा सबै पक्षबीच हातेमालो जरुरी रहेको बताउनुभयो ।
पर्यटकीयस्थल तिलौराकोटलाई केन्द्रमा राखेर कपलिवस्तुको विकास निर्माणलाई अगाडि बढाउने विश्वास दिलाउँदै उहाँहरूले प्राप्त हुने साधन, स्रोतको प्रयोग गरी आगामी ५ वर्षमा केही उदाहरणीय कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो
यस्तै कार्यक्रममा मुस्लीम आयोगका सदस्य मिर्जा असंद बैग, समाजका सल्लाहकार कालिका दवाडी लगायतले नव निर्वाचित सदस्यहरूको कार्यकालको सफलताको शुभकामना दिनुहुदै जिल्लाको समग्र विकासका लागि एकताबद्ध भएर लाग्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा कपिलवस्तुका ४ जना पास टू मा अध्ययनरत गरीब तथा जेहेन्दार छात्र छात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *