५ औं नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी अंतिम चरणमा भोलि उद्घाटन हुने

५ औं नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी अंतिम चरणमा भोलि उद्घाटन हुने

तौलिहवा
” स्वास्थयका लागी खेलकुद , राष्ट्रका लागि खेलकुद , अनुशासनका लागी खेलकुद , पहिचानका लागी खेलकुद ” भन्ने मुल नाराका साथ ५ औं नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा छ । कपिलवस्तु नगरपालिकाको आयोजनामा पुस ५ देखी पुस ८ सम्म प्रतियोगिता चल्ने छ ।

कपिलवस्तु नगरपालिकाको नगर स्तरीय उक्त प्रतियोगिताका लागी तौलिहवा स्थित बुद्धपद्म माबिको खेल मैदानमा हुने गरि तयारी भैसकेको र भोलि कपिलवस्तु २ को २ का प्रदेश सभा सदस्य शुधाकर पाण्डेको प्रमुख आतिथ्यतामा उदघाटन हुने कार्यक्रम संयोजक युवराज भुसालले बताउनु भएको छ । भोलि तौलिहवा स्थित बुद्धपद्म माबिको खेल मैदानबाट झाकि र नाच सहितको र्यालि निकाली नगर परिक्रमा गरि उक्त प्रतियोगिताको उदघाटन गरिने कार्यक्रम संयोजक भुसालले बताउनुभयो ।

नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिवल र एथलेटिक्स खेल हुने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख हरि प्रसाद ज्ञवालीले बताउनुभयो ।
प्रतियोगितामा एथलेटिक्स तर्फ २३ वटा बिधालयको सहभागीता हुने र भलिबल तर्फ १४ छात्र र ७ वटा छात्राको टिम रहने समेत शाखाका प्रमुख ज्ञवालीले बताउनुभयो ।

प्रतियोगितामा बिजेताका लागी पुरस्करमा खेलमा प्रथम हुनेलाई नगद २० हजार सहित सिल्ड र प्रमाण पत्र, द्धितियलाई नगद १२ हजार र प्रमाण पत्र र तृतिय हुनेलाई नगद ८ हजार र प्रमाण पत्रको ब्यवस्था गरिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *