
कपिलवस्तु ॥ मंसिर ४ मा सम्पन्न भएकाे निर्वाचनमा कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ काे (क) मा मतगणनामा धाधली गरी कर्मचारी सगँकाे मिलेमत्ताेमा आफुलाई हराएकाे भन्दै पुनः मतगणनाकाे माग राख्दै लाेसपा नेपालका उम्मेदवार रविदत्त मिश्रले दायर् गरेकाे रिट माथी आज सर्वोच्च अदालतले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई कारण देखाउ आदेश दिएको हो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार रविदत्त मिश्राले मुख्य निर्वाचन अधिकृत प्रदीप मरासिनी , निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार केसी , निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ता दिएका थिए । उक्त निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार केसी ६ मतले विजयी भएका थिए ।मिश्राले करिब १६४ सदर मत नै गणना नगरेको दाबी गरेका छन ।
प्रतिनिधि सभा तर्फको मतपत्र बाकसमा गएको अवस्थामा त्यसलाई पनि गणना गर्नुपर्ने आयोगको निर्देशिकामा व्यवस्था रहे पनि त्यसो नगरी आफूलाई षड्यन्त्रपूर्वक पराजित गराएको मिश्राको दाबी छ ।‘१६४ भन्दा बढी सदर मतलाई बदर गरिएको, कुन मतदान केन्द्रमा कति मत खसेको र कति गणना भएको लगायतका सूचना माग्दासमेत मुख्य निर्वाचन अधिकृतले नदिएपछि षड्यन्त्र गरेको पुष्टि हुन्छ’, मिश्राले भने, ‘पुनः मतगणनाको माग गरेको छु । पुनः मतगणना भयो भने म चुनाव जित्नेमा ढुक्क छु ।