राप्रापा बैठक, अधिकांश नेता सरकारमा जाने पक्षमा ।

१३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बहुसंख्यक नेताले सरकारमा जानुपर्ने धारणा राखेका छन् ।बुधबार पार्टी कार्यालयमा बसेको बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा जानुपर्ने धारणा राखेका एक नेताले जानकारी दिए ।यसअघि पदाधिकारी बैठकबाट सरकार गठनमा सहयोग गर्ने निर्णय गरेको राप्रपाले सरकारमा जाने नजाने विषयमा छलफल गर्न बुधबार कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार कार्यसम्पादन समितिका ९० प्रतिशत सदस्यले सरकारमा सहभागी हुनुपर्ने राय दिएका छन् । यद्यपि बैठक नसकिएकाले निर्णय नभएको ती नेताले बताएको समाचार आनलाइन खबरले लेखेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *