
बहादुरगन्जमा बर्षौ देखि बन्द बाटो खुलाउन वडाले निकाल्यो सूचना कृष्णनगर नगरपालिका वडा नं. ९ को वडा कार्यलयले सूचना निकालेको छ । २०७९।०९।१४ गते बसेको वडाको बैठकको निर्णय अनुसार वडाको आ.व. ०७९/०८० को वडा स्तरिय बजेट अन्तर्गत रहेर वडा अन्तर्गत पर्ने बहादुरगंज बजारको पश्चिममा रहेको पूरानो सडक ( महेन्द्र प्रा.वि देखि उत्तर तर्फ बहादुरगंज थाना सम्म) साथै बहादुरगंज बजारको पूर्वतर्फ रहेको पूरानो सडक ( बहादुरगंज सानो चोकमा रहेको दिपक पान पसल देखि उत्तर तर्फ पूरानो मलेरिया अफिस हुँदै राम कुमार गुप्ताको घर सम्म) सरसफाई गरी माटो पटान कार्य गर्नका लागि सडकको मापदण्ड भित्र पर्ने गरि बनाईएका अस्थाई, अवैध संरचना १५ दिन भित्र अविलम्ब हटाउन सूचना मार्फत अनुरोध गरिएको छ । यदि अतिक्रम हटाइन भने कानून बमोजिम प्रक्रिया अगाडी बढाउन वडा कार्यालय बाध्य हुने र त्यस बखत कुनै भौतिक क्षति हुन गएमा वडा कार्यालय जिम्मेबार न हुने भनी सूचना मार्फत सबैलाई जानकारी गराइएको वडा अध्यक्ष सतिष हरिजनले बताएका छन ।




