
महेन्द्र यादव :- कपिलवस्तु को महाराजगंज नगरपालिका वार्ड नम्बर १० को हरदौना स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको त्रैमासिक रुपमा समीक्षा बैठक सम्पन्न भएको छ । सो बैठक कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो कार्यक्रमको व्यवस्थापनमा तथा हरदौना स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न भएको हो । सुआहारा कार्यक्रमका पालिका पोषण सहजकर्ता पृथीपाल तेली, सेराज अहमद खां तथा स्वास्थ्य चौकी का अ.हे.व. राम कुमार बढ़ई ले प्रशिक्षण गर्नु भएको थियो। सो कार्यक्रममा १००० दिनको महत्व, स्तनपान, बच्चा को खानामा विविधीकरण, परिवार योजना, जोखिम पूर्ण अवस्थामा साबुन पानीले हात धुने, पानी शुद्धिकरण, बिरामी बच्चाको स्याहार, पोषणको लेखा जोखा , प्रत्येक महिनामा मासिक रिपोर्ट HMIS 9.1 संग मिलेको नमिलेको एकिनको साथै नेपाल सरकार बाट प्राप्त बाल पोषण भत्ता को सही प्रयोग वारे छलफल गरी कार्यक्रम सम्पन्न भएको छ ।