लुम्बिनीमा जसपा लोसपा र जनमतका सांसदहरूले लिए अवधी भाषामा सपथ ।


पुष १७ ।
लुम्बिनी प्रदेशमा आज निर्वाचित प्रदेश सभा सदस्यहरुले सपथ ग्रहण गरेका छन । पहिचानबादी पार्टीका धेरैजसो सांसदहरू मातृभाषा अवधीमा सपथ लिएका छन । जसपाका भण्डारीलाल अहिर र आदेश कुमारी अग्रवाल , जनमत पार्टीका रुपन्देहीबाट निर्वाचित चन्द्र केश गुप्ता , लोसपा का कन्हैया बनियाले आफ्नो मातृ भाषा अवधी भाषामा सपथ ग्रहण गरेका छन भने खस आॠ कोटाबाट जनमतको समानुपातिक सांसद सुमन सर्मा रायमाझी पनि अवधी भाषा सपथ लिइएकि छिन । अवधी भाषामा सपथ ग्रहणले अवधी भाषा प्रेमी उत्साहित भएका छन । लुम्बिनी प्रदेशमा नवलपरासी देखि बर्दिया सम्म मधेसी समुदायको मातृभाषा अवधी नै रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *