Homeराजनीतिरेशम चौधरीको विषय अप्ठ्यारो छ तर प्रक्रिया पुर्याएर रिहा गर्नेछु : प्रधानमन्त्री दाहाल रेशम चौधरीको विषय अप्ठ्यारो छ तर प्रक्रिया पुर्याएर रिहा गर्नेछु : प्रधानमन्त्री दाहाल January 10, 2023 / 1 Comment पुस २६, २०७९कान्तिपुर संवाददाताकाठमाडौँ — टीकापुर घटनामा दोषी ठहर भइ कारागारमा रहेका रेशम चौधरी लगायतका व्यक्तिहरूलाई रिहा गर्ने बारे आफूले पहल गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धता व्यक्त गरेका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।यद्यपि चौधरीको विषय जटिल र अप्ठ्यारो भएको उनको भनाइ थियो । ‘रेशम चौधरीको विषय अलि अप्ठ्यारो र जटिल छ । तर रेशम चौधरीसहित अन्य निर्दोषहरूलाई रिहाइ गर्ने कुरा विश्वास व्यक्त गर्छु,’ उनले भने ।चौधरीको विषयमा यसअघि नागरकि उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले संसद् बैठकमा प्रश्न उठाएकी थिइन् । संघीय संसद्मा ४ सिट रहेको उनको पार्टी नागरिक उन्मुक्ति पार्टीले पनि दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिँदैछ ।श्रेष्ठको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले चौधरीलाई आवश्यक प्रक्रिया पूरा गरी रिहाइ गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका हुन् ।२०७२ साल भदौ ७ गते टीकापुरमा भएको घटनाका योजनाकार भन्दै रेशम चौधरीसहित विभिन्न व्यक्तिहरूलाई अदालतले आजीवन काराबासको सजाय सुनाएको थियो । हाल उनी डिल्लीबजारस्थित कारागारमा रहँदै आएका छन् ।मंगलबार संसद्मा विश्वासको मत लिने क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै दाहालले कतिपय सांसदहरूले पूरा गर्न असम्भव जिज्ञासा उठाएको पनि बताएका थिए । यसवाहेक प्रधानमन्त्री दाहालले शपथग्रहणको अवसरमा दौरा सुरुवाल र कोट लगाएको विषयमा पनि प्रतिक्रिया दिएका थिए ।उनले आफू दौरा सुरुवालविरोधी कहिल्यै नभएको प्रष्ट पारेका थिए । अन्य कपडा लगाउन सहज भएको भन्दै अन्य मन्त्रीहरूलाई पनि पहिरनमा अनिवार्य नगरेको उनको भनाइ थियो । Share this:Click to share on Facebook (Opens in new window)Click to share on WhatsApp (Opens in new window)Click to share on Twitter (Opens in new window)Click to share on LinkedIn (Opens in new window)Click to share on Telegram (Opens in new window)Click to print (Opens in new window) Related
महाराजगन्जमा नेकपा एमाले बलियो हुँदै , ५२५ जना गरे पार्टी प्रवेश । राजनीति महाराजगन्ज , फागुन २९महाराजगन्ज नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२५ जना काङ्ग्रेस , लाेसपा […]
विजयनगरमा नेपाली काङ्ग्रेसलाई ठुलो झटका ,नगर सभापति यादव जसपामा प्रवेश राजनीति कपिलवस्तु विजयनगरविजयनगर नेपाली काङ्ग्रेसलाई ठूलो झटका लागेको छ।नेपाली काङ्ग्रेस नगर सभापति जानकी प्रसाद यादव जसपामा प्रवेश गर्नु भएको छ ।शुक्रबार […]
चर्चित नेता जायसवालको चुनाव चिन्ह ‘लालटेन’ राजनीति कमलेश चन्द गुप्ता कपिलबस्तुको कृष्णनगर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका महेश जायसवालले लालटेन चुनाव चिन्ह पाएका छन् ।३० वैशाखमा हुने […]
कृष्णनगरमा चुनावी भिडन्त , को बन्ला मेयर ? राजनीति निरहु यादवचुनाव नजिकिदै जादा नगर प्रमुख पदको चुनावी परिणामबारे अड्कलबाजी बढ्दो छ । त्यसक्रममा चोकचौराहाका चिया पसलदेखि कृष्णनगरका धनाढ्यका गद्दीसम्म […]
Thanks for sharing.