Homeराजनीतिमधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त January 11, 2023 / Leave a Comment पुस २७, २०७९जनकपुर — मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।बुधबार नै नेकपा एमाले, माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । १०७ सिट रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३ माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको समर्थन छ ।बारा १(२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित यादव प्रदेशका पूर्वसभामुखसमेत हुन् ।त्यस्तै प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एकजना सांसद छन् । Share this:Click to share on Facebook (Opens in new window)Click to share on WhatsApp (Opens in new window)Click to share on Twitter (Opens in new window)Click to share on LinkedIn (Opens in new window)Click to share on Telegram (Opens in new window)Click to print (Opens in new window) Related
महाराजगन्जमा नेकपा एमाले बलियो हुँदै , ५२५ जना गरे पार्टी प्रवेश । राजनीति महाराजगन्ज , फागुन २९महाराजगन्ज नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२५ जना काङ्ग्रेस , लाेसपा […]
विजयनगरमा नेपाली काङ्ग्रेसलाई ठुलो झटका ,नगर सभापति यादव जसपामा प्रवेश राजनीति कपिलवस्तु विजयनगरविजयनगर नेपाली काङ्ग्रेसलाई ठूलो झटका लागेको छ।नेपाली काङ्ग्रेस नगर सभापति जानकी प्रसाद यादव जसपामा प्रवेश गर्नु भएको छ ।शुक्रबार […]
चर्चित नेता जायसवालको चुनाव चिन्ह ‘लालटेन’ राजनीति कमलेश चन्द गुप्ता कपिलबस्तुको कृष्णनगर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका महेश जायसवालले लालटेन चुनाव चिन्ह पाएका छन् ।३० वैशाखमा हुने […]
कृष्णनगरमा चुनावी भिडन्त , को बन्ला मेयर ? राजनीति निरहु यादवचुनाव नजिकिदै जादा नगर प्रमुख पदको चुनावी परिणामबारे अड्कलबाजी बढ्दो छ । त्यसक्रममा चोकचौराहाका चिया पसलदेखि कृष्णनगरका धनाढ्यका गद्दीसम्म […]