Homeराजनीतिराष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा अनुभूति गरेको छु : प्रधानमन्त्री दाहाल राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा अनुभूति गरेको छु : प्रधानमन्त्री दाहाल January 14, 2023 / Leave a Comment पुस ३०, २०७९काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ४४ औँ प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको बताएका छन् । गोरखाका कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै मुलुकको प्रधानमन्त्रीको रुपमा आफूले पाएको विश्वासलाई गौरव र चुनौती दुवैरुपमा लिएको बताए ।‘यसपटक म प्रधानमन्त्री त भएँ । तर विश्वासको मत लिँदा यस्तो असाधारण परिस्थिति बन्यो कि मैले संसद्मा असाधारण विश्वास पाएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘मैले त राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा आफूलाई अनुभूति गरेको छु । यसलाई थप जिम्मेवारी, गौरव र चुनौतीपूर्ण अवसरको रुपमा बुझेको छु ।’सो पुस्तकमा श्रेष्ठले प्रधानमन्त्री दाहालले शिक्षकको रुपमा गोरखामा बिताएको समयको संस्मरणसमेत समेटेका छन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ४६ वर्षपछि आफू गोरखाको जनप्रतिनिधिको रुपमा प्रधानमन्त्री बनेको बताए ।‘अहिले म ४६ वर्षपछि गोरखाकै जनप्रतिनिधिको रुपमा निर्वाचित भएर देशको प्रधानमन्त्री बनेको छु । अब यहाँको बुढीगण्डकी जलविद्युत्देखि बेनीघाट–आरुघाट सडकको कुरा होस् या अरु विकासको कुरा होस् । यी कुराहरूमा मेरो विशेष ध्यान छ । मैले यहाँको जनप्रतिनिधि नहुँदा पनि यी विषयमा मेरो ध्यान थियो, अब त झन् हुन्छ,’ उनले भने । Share this:Click to share on Facebook (Opens in new window)Click to share on WhatsApp (Opens in new window)Click to share on Twitter (Opens in new window)Click to share on LinkedIn (Opens in new window)Click to share on Telegram (Opens in new window)Click to print (Opens in new window) Related
महाराजगन्जमा नेकपा एमाले बलियो हुँदै , ५२५ जना गरे पार्टी प्रवेश । राजनीति महाराजगन्ज , फागुन २९महाराजगन्ज नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२५ जना काङ्ग्रेस , लाेसपा […]
विजयनगरमा नेपाली काङ्ग्रेसलाई ठुलो झटका ,नगर सभापति यादव जसपामा प्रवेश राजनीति कपिलवस्तु विजयनगरविजयनगर नेपाली काङ्ग्रेसलाई ठूलो झटका लागेको छ।नेपाली काङ्ग्रेस नगर सभापति जानकी प्रसाद यादव जसपामा प्रवेश गर्नु भएको छ ।शुक्रबार […]
चर्चित नेता जायसवालको चुनाव चिन्ह ‘लालटेन’ राजनीति कमलेश चन्द गुप्ता कपिलबस्तुको कृष्णनगर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका महेश जायसवालले लालटेन चुनाव चिन्ह पाएका छन् ।३० वैशाखमा हुने […]
कृष्णनगरमा चुनावी भिडन्त , को बन्ला मेयर ? राजनीति निरहु यादवचुनाव नजिकिदै जादा नगर प्रमुख पदको चुनावी परिणामबारे अड्कलबाजी बढ्दो छ । त्यसक्रममा चोकचौराहाका चिया पसलदेखि कृष्णनगरका धनाढ्यका गद्दीसम्म […]