Homeराजनीतिराष्ट्रपति र सभामुख पदका विषयमा कांग्रेससँग पनि छलफल हुन्छ : प्रचण्ड राष्ट्रपति र सभामुख पदका विषयमा कांग्रेससँग पनि छलफल हुन्छ : प्रचण्ड January 14, 2023 / Leave a Comment ३० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताएका छन् ।शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले सोमबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।उनले कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुखलगायतका पदमा के गर्ने भनेर ऊसँग पनि छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको पनि बताए ।‘अस्ति ओली र मैले सहमति गर्दा कांग्रेस प्रतिपक्ष हुन्छ भन्ने कल्पना गरिएको थियो । जब मलाई कांग्रेसले पनि समर्थन गरिसकेपछि मेरो पनि जिम्मेवारी हुने भयो। त्यसैले मैले कांग्रेस लगायतका दललाई धन्यवाद पनि भन्नुपर्नेछ, र राष्ट्रपति सभामुख लगायतका विषय के गर्ने भनेर छलफल गर्नुपर्नेछ’ उनले भने । Share this:Click to share on Facebook (Opens in new window)Click to share on WhatsApp (Opens in new window)Click to share on Twitter (Opens in new window)Click to share on LinkedIn (Opens in new window)Click to share on Telegram (Opens in new window)Click to print (Opens in new window) Related
महाराजगन्जमा नेकपा एमाले बलियो हुँदै , ५२५ जना गरे पार्टी प्रवेश । राजनीति महाराजगन्ज , फागुन २९महाराजगन्ज नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२५ जना काङ्ग्रेस , लाेसपा […]
विजयनगरमा नेपाली काङ्ग्रेसलाई ठुलो झटका ,नगर सभापति यादव जसपामा प्रवेश राजनीति कपिलवस्तु विजयनगरविजयनगर नेपाली काङ्ग्रेसलाई ठूलो झटका लागेको छ।नेपाली काङ्ग्रेस नगर सभापति जानकी प्रसाद यादव जसपामा प्रवेश गर्नु भएको छ ।शुक्रबार […]
चर्चित नेता जायसवालको चुनाव चिन्ह ‘लालटेन’ राजनीति कमलेश चन्द गुप्ता कपिलबस्तुको कृष्णनगर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका महेश जायसवालले लालटेन चुनाव चिन्ह पाएका छन् ।३० वैशाखमा हुने […]
कृष्णनगरमा चुनावी भिडन्त , को बन्ला मेयर ? राजनीति निरहु यादवचुनाव नजिकिदै जादा नगर प्रमुख पदको चुनावी परिणामबारे अड्कलबाजी बढ्दो छ । त्यसक्रममा चोकचौराहाका चिया पसलदेखि कृष्णनगरका धनाढ्यका गद्दीसम्म […]