बाटोमा पसल थाप्ने देखी निर्माण समाग्री राख्नेलाइ ७ दिने अल्टिमेटम

एस एम न्युज , तौलिहवा
कपिलवस्तु नगरपालिकाले बजार क्षेत्रमा रहेको मुख्य तथा भित्री सडकहरूमा रहेका ठेला तथा फुटपाथमा राखिएका पसल , सडक मिचेर राखिएको निमार्ण सामाग्री, अव्यवस्थित रुपमा भईरहेको पार्कीङ्गलाई हटाउने निर्णय गर्दै सूचना जारी गरेको छ ।

नगरपालिकाले सडक अतिक्रमण तथा सवारी व्यवस्थापन सम्बन्धि यातायात व्यवसायी संस्था, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतका सरोकारवालसंग आज छलफल गरि उक्त निणर्य भएको छ । नगरपालिकाले सडकलाई व्यवस्थित र फराकिलो पार्नको लागि अव्यवस्थित पार्किङ्ग, फुटपाथ अतिक्रमण तथा अव्यवस्थित रुपमा संचालन भईरहेको ठेला पसल र सडक क्षेत्र भित्र रहेको निमार्ण सामाग्रीहरु हटाइ सडक व्यवस्थित पार्ने निणर्य भएको हुंदा ७ दिन भित्रमा हटाउन अल्टिमेटम दिएको छ । एक सूचना जारी गर्दै नगरले सात दिन भित्र सडक तथा फुटपात क्षेत्र खाली गर्न, अव्यवस्थित पार्किङ्ग हटाउन अनुरोध गरेको छ । सात दिन भित्रमा सडक क्षेत्र खालि नभए कानुन बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

पटकपटक बाटो अतिक्रमण गरि पसल थाप्ने , जथाभावी पार्किङ र निर्माण समाग्री राख्नले दुर्घटनाको जोखिम बढेको छ । बाटो अतिक्रम र बाटोको दुरुपयोग गर्दै निर्माण समाग्री राख्ने, बाटोमा पसल थाप्ने , अव्यवस्थित गाडी पार्किङ गर्ने लगायत समस्याको बिरोध हुँदै आएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top