श्याम श्रीवास्तवको ३ वटा पुस्तक विमोचन


राम शरन रैदास
१८ फाल्गुन २०७९
कपिलवस्तु जिल्लामा नव कपिलवस्तु साहित्यिक समाजको अध्यक्ष पशुपतिमणि त्रिपाठीको अध्यक्षतामा स्रष्टा श्याम प्रकाशलाल श्रीवास्तवको ३ वटा किताव पूर्व कानून तथा न्याय मन्त्री बृजेश कुमार गुप्ताको प्रमुख अतिथिमा विमोचन कार्यक्रम कपिलवस्तु नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।
नव कपिलवस्तु साहित्यिक समाजको आयोजनामा श्रीवास्तवको श्याम कय चटनी, श्रीपापाङकुशेश्वर महादेव भजनमाला र फागुनमें बुढवो जवान लागै नमक कितावको प्रमुख अतिथि पूर्व मन्त्री गुप्ताले गर्नु भएको छ । ती कितावहरु अवधी भाषामा रहेको भजनमाला, फागुवा र गीत कविता गरी श्याम प्रकाशलाल श्रीवास्तवको ३ वटा किताव एकै साथ विमोचन भएको हो ।

उक्त कार्यक्रममा भारतका साहित्यिककार ७ जना आएका थिए । त्यसै गरी विशिष्ट अथिति प्रदेश सभा प्रतिनिधि मधुसुदनशरण चौधरी, पूर्व प्रदेश सभा प्रतिनिधि धर्म बहादुरलाल श्रीवस्ताव लगायत रहेका थिए ।
कार्यक्रममा आएका अतिथिहरु अवधी भाषामा गीत, भजन उत्साह साथ कार्यक्रम संचालन गरेका थिए । अवधीका साहित्यिकारहरु, अवधी भाषामा जिल्लामा क्रियाशिल ब्यक्ती, संचारकर्मी लगायतका ब्यक्तीहरुलाई सम्मान पत्र प्रदान गरएिको हो । कपिलवस्तु जिल्लाका प्रथम सामुदायिक रेडियो कपिलवस्तुका स्टेशन मैनेजर तुलसीराम यादव, विन्दवासिनी हरिजन लगायत भारत बाट आएका अतिथिहरुलाई समेत सम्मान पत्र प्रदान गरिएको हो ।
अथितिहरु आआफनो मन्तब्यमा अवधी भाषा पढाउनको लागी स्थानिय तहमा जोड दिनु पर्ने भनेका छन । त्यसै गरी प्रमुख अतिथि पूर्व मन्त्री स्थानिय भाषामा जोडदिनु पर्ने सवैलाई अभिप्रेरित गर्नु पर्ने देखिन्छ । अन्तयमा कार्यक्रमका अध्यक्ष पशुपतिमणि त्रिपाठीले अवधी भाषा, साहित्यि कला र साँस्कृतिमा समार्पित रहेको संस्था हो यसमा जोडदिदै यसको उत्थानमा सवैको अपेक्षा गरिएको कुरा जानकारी गराउदै कार्यक्रम समापन गर्नु भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top