२१ मार्च मनाउन पत्रकार सम्मेलन

२१ मार्च मनाउन पत्रकार सम्मेलन

राम शरन रैदास, कपिलवस्तु
५८औं अन्तरराष्टिय जातिय तथा रंगभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्नका लागी कपिलवस्तु जिल्लामा कृयाशील गैससहरुको संयुक्त संयन्त्र विभेद विरुद्धको साँझा अभियान मार्फत जिल्लाको दुई स्थानमा ५/५ वटा पालिकाको सहभागितामा कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा २३ बुदेँ पालिका अध्यक्ष र नगरप्रमुख तथा सासदहरु संग आफना माँग राख्नका लागी कार्यक्रमको आयोजना गरिएको छ ।

पत्रकार सम्मेलनमा कार्यक्रमको अध्यक्षता असन ग्रहण गरेकी दलित अधिकार कर्मी मीना परियारले गर्नु भएको थियो । त्यसै गरी कार्यक्रमको स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकार मानव अधिकार कर्मी तथा माहुरी होमका कार्यकारी निर्दैशक रविनाथ ठाकुरले स्वागत गर्दै लक्षित बर्गहरुको लागी बजेट विनियोजन गर्नु पर्ने कुरामा विशेष जोड दिदै आफना कुरा राख्नु भएको थिए । साथै दलित सशक्तीकरण तथा जातिय विभेद विरुद्धका घटनालाई अझै उठाइ दिनका लागी पत्रकारहरुलाई गैसस कपिलवस्तु जिल्लाका अध्यक्ष प्रवीण कुमार श्रीवास्तवले अनुरोध गर्नु भएको थिए । साथै महिला अधिकार कर्मी तथा मानव अधिकार कर्मी पुष्पा रेग्मी र समाजसेवी शंकर नेपाली लगायतको सहभागिता रहेको थियो । भने दलित आगुवा, मानवअधिकार कर्मी दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशकले २३ बुदै माँगहरु पत्रकार सम्मेलनमा अवधारण समेत प्रस्तुत गरेका थिए ।

प्रतिवद्धता/हाम्रा माँगहरु नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यहो । नेपालको संबिधान २०७२ को मौलिकहकको धारा १८ ले समानताको हक: सामान्य कानुनको प्रयोगमा उत्पति, धर्म, बर्ण, जातजाती, लिङ्घ, शारिरिक अवस्था, अपाङ्घता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा क्षेत्र, बैचारिक अवस्था, वा यस्तै अन्यकुनै आधारमा भेदभाव गरिने छैन । धारा २४ छुवा छुत तथा भेदभाव बिरुद्धको हक:धारा २४ को उपधारा १ को अनुसार कुनैपनिब्यक्तिलाई निजको उत्पति, जातजाती, समुदाय, पेशा, ब्यवसाय, वाशारिरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्बजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भनि संविधानमा उल्लेख भएपनि २१ औंशताब्दीमा आएर पनि जातिय भेदभाव तथा छुवाछुत अन्त्य भएको छैन ।

नेपालमादुई पटक २१ मार्च र जेष्ठ २१ गते उक्तउन्मुलनदिवस मनाउने गरिन्छ तैपनि विभेद अन्त्यभएको छैन । २१ मार्च २०२३ अर्थात अन्तरारष्ट्रिय जातिय तथा रंगक्भेद उन्मुलन दिवसको सन्दर्भमा कपिलवस्तु जिल्लाको दुई स्थानमाा तपसीलका बुदाँ प्रति प्रतिबद्धता लिन र कार्यान्वयन गर्नका लागी २१ मार्चका दिन बुद्धभूमि नगरपालिकाको सभाहलमा तथा कपिलबस्तु नगरपालिकाको सभाहल तौलिहवामा ५/५ वटा पालिका प्रमुख तथा प्रदेश सांसद, संघिय सांसद तथा जनप्रतिनिधिहरुको सहभागीतामा सवै प्रकारका विभेद अन्त्यका लागी कपिलबस्तु कृयाशील गैससहरुको साझा संयन्त्र बिभेद बिरुद्धको साझा अभियान द्धारा अन्तरारष्टिय जातिय तथा रंगभेद उन्मुलन दिवसको आयोजना गरिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *